वाणिज्य बैंकको लाभांश औषतमा १५%, १४ वटा बैंकको औषतभन्दा कम



काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरेका छन् । जसमा वाणिज्य बैंकले औसतमा लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने भएका छन् ।

२७ वटा वाणिज्य बैंकमध्ये औसतभन्दा बढी लाभांश घोषणा गर्ने १३ वटा बैंक छन् भने १४ वटा बैंकले औसतभन्दा कम लाभांश दिएका छन् । त्यसमध्ये पनि एकल अंकमा लाभांश घोषणा दिने ६ वटा बैंक छन् ।

साथै औसत लाभांशको दोब्बरभन्दा बढी लाभांश २ वटा बैंकले दिएका छन् । जसमा नबिलको ३८ र राष्ट्रिय वाणिज्य बैंकको ३३ प्रतिशत लाभांश छ ।

औषतभन्दा बढी लाभांश दिने बैंकमा नबिल ३८, राष्ट्रिय वाणिज्य बैंक ३३, हिमालयन २६, कृषि विकास बैंक २१.०५, सानिमा १७.८९, नेपाल बैंक १७, प्राइम बैंक १६.६३, नेपाल इन्भेष्टमेन्ट बैंक १६, सिजिटन्स बैंक १६, एनएमबि बैंक १५.८, एनआईसी एशिया १५.७९, नेपाल बंगलादेश बैंक १५.५ र सिद्धार्थ बैंक १५ प्रतिशत छन् ।

बाँकी बैंकको लाभांश औषतभन्दा कम छ । एकल अंकमा ६ वटा बैंकले लाभांश दिने भएका छन् । एकल अंकमा लाभांश दिने बैंकमा कुमारी ८.६७, एनसीसी ८.४२, सनराइज ७, सेन्चुरी ६.०५, नेपाल एसबीआई ५.३१ र सिभिल बैंकको ५.२६ प्रतिशत छ ।

लाभांश घोषणा गरेका बैंकमा सबैभन्दा बढी नबिल बैंकको रहेको छ भने सबैभन्दा कम सिभिल बैंकको रहेको छ । नबिल बैंकले ३८ र सिभिल बैंकले ५.२६ प्रतिशत लाभांश दिने भएको छ ।

नबिल बैंकले ३३.६ प्रतिशत बोनस र ४.४ प्रतशित नगदसहित ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले बोनस ३० र नगद ३ प्रतिशत, हिमालयनले बोनस २१.३८ र नगद ४.२६ प्रतिशत, कृषि विकास बैंकले बोनस २० र नगद १.०५ प्रतिशत, सानिमा बैंकले बोनस १७ र नगद ०.८९ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

साथै, नेपाल बैंकले बोनस १४ र नगद ३, प्राइम बैंकले बोनस १६ र नगद ०.६३, नेपाल इन्भेष्टमेन्ट बैंकले १२.६११ प्रतिशत बोनस र ३.३८९ प्रतिशत नगद, सिजिटन्स बैंकले १२.९१ प्रतिशत बोनस र ३.०९ प्रतिशत नगद, एनएमबी बैंकले १२.५ प्रतिशत बोनस ३.३ प्रतिशत नगद, एनआईसी एशिया १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद, नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद र सिद्धार्थ बैंक १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै औषतभन्दा कम लाभांश दिनेमध्ये माछापुच्छ«े बैंकको बोनस १३.३ र नगद ०.७ प्रतिशत, बैंक अफ काठमाण्डूको बोनस १० र नगद ४, ग्लोबल आईएमई बैंकको बोनस १० र नगद ३.५ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकको बोनस १० र नगद ३.०६ प्रतिशत, प्रभु बैंकको १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद, मेगा बैंकको १० प्रतिशत बोनस र २.०७ प्रतिशत नगद, लक्ष्मी बैंकले ८ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद, एभरेष्ट बैंकको ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै कुमारी बैंकको बोनस ६ प्रतिशत र २.६७ प्रतिशत नगद, एनसीसी बैंकको बोनस ८ र नगद ०.४२ प्रतिशत, सनराइज बैंकको बोनस ६.६५ र नगद ०.३५ प्रतिशत, सेन्चुरी बैंकको बोनस ५.७५ र नगद ०.३० प्रतिशत, नेपाल एसबीआई बैंकको बोनस ३.५ र नगद १.८१ प्रतिशत र सबैभन्दा कम लाभांश दिने सिभिल बैंकको बोनस ५ र नगद ०.२६ प्रतिशत रहेको छ । बोनस सबैभन्दा कम दिनेमा नेपाल एसबीआई बैंक रहेको छ । बैंकले ३.५ प्रतिशत मात्रै बोनस दिएर लगानीकर्तालाई निराश बनाएको छ ।

यी कम्पनीले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि घोषित लाभांश पाउनेछन् ।


क्लिकमान्डु