राष्ट्र बैंकले पाँच सयको नोटमा थप्यो यस्ता नयाँ विशेषता



काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाँच सय दरका नोटमा नयाँ विषेता थप गरेको छ । बैंकले पाँच सय रुपैयाँ दरका नोटमा नयाँ विशषेता थप गर्दै पुष महिनाको ९ गतदेखि चलनचल्तीमा ल्याएको जनकारी दिएको छ ।

५ सय रुपैयाँ दरको साविककै आकार तथा रङ्गमा, संकेत नं.६/३८ ००००० देखि झ/४२ ९९९९९९ सम्म“नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ पाँच सय तुरुन्त पाईने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्याशं सहित चलनचल्तीमा ल्याएको हो ।

नोटको अग्र भागमा नोटको बायाँतर्फ सगरमाथाको चित्र रहने बैंकले जानकारी दिएको छ । नोटको दायाँतर्फ लालीगुँरासको पानी छाप रहने छ ।

नोटको गभर्नरको दस्तखत रहने स्थानमा गभर्नर महा प्रसाद अधिकारीको दस्तखत, नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर“वि.स.२०७७” लेखिएको, ३.५ मि.मी. चौडा भएको रङ्ग परिवर्तन हुने (नोटलाईलाई सीधा हेर्दा रातो रङ्ग, ढल्काएर हेर्दा हरियो रङ्ग देखिने) सुरक्षण धागो रहने बैंकले जानकारी दिएको छ ।

यस्तै, नोटको अग्र भागमा सगरमाथा हिमालको दायँतर्फ अण्डाकारभित्र रङ्ग परिवर्तन हुने(नोटलाई सीधा हेर्दा सुनौलो रङ्ग र ढल्काएर हेर्दा हरियो रङ्ग देखिने) कुबेरको चित्र र लालीगुँरासको पानी छापको बाँतर्फ फरक क्षमता भएका(दृष्टिविहीन) हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरु रहने छ ।

नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिने छ । भने नोटको मध्य भागमा पाटेबाघको चित्र, तल्लो भागमा अंग्रेजीमा रुपिवज फाइभ हन्ड्रड लेखिने र नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर लेखिने छ ।


क्लिकमान्डु