४२७६ मत गनियो, देउवा २०४६ र कोइरालाको १६१५ मत



काठमाडौं । कांग्रेसको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन हुने बढी सम्भावना देखिएको छ ।

अहिलेसम्म ४२७६ मत गनिएको छ । जसमा शेरबहादुर देउवाले २०४६,शेखर कोइरालाले १६१५ मत ल्याएका छन् ।

यस्तै प्रकाशमान सिंहले ३२५ र बिमलेन्द्र निधिले २३८ मत ल्याएका छन् ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ ।


क्लिकमान्डु