पुनर्बीमाको निर्देशनका बारेमा अध्ययन गर्दै अर्थमन्त्रालय



काठमाडौँ । बीमा समितिले हालै जारी गरेको पुनर्बीमा सम्बन्धी निर्देशनका बारेमा अर्थमन्त्रालयले अध्ययन थालेको छ ।

बीमा समितिले केहीदिन पहिले बीमा कम्पनीलाई सबै जोखिमको पुनर्बीमा नेपाल मै गर्नुपर्ने निर्देशन जारी गरेको थियो ।

सो निर्देशनलाई लिएर बीमकहरुले विरोध गरिरहेका छन् । सो निर्देशनका बारेमा अर्थमन्त्रालयले अध्ययन कार्य अघिबढाएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

अर्थमन्त्री शर्माले बीमा समितिको नयाँ भवन कार्यालयको शिल्यानास कार्यक्रममा बोल्दै बजारमा चर्चामा रहेको पुनर्बीमा सम्बन्धी निर्देशनका बारेमा अध्ययन गर्न थालिएको बताएका हुन् ।

समितिले दिएको पुनर्बीमा सम्बन्धी निर्देशनको कुराले बीमा बजार नै तातो तातो भएको शर्माले बताए ।

‘पुनर्बीमाको के काम हो । के अधिकार हो बीमा समितिको के काम हो यहाँहरुलाई नै बढी थाहा होला,’ अर्थमन्त्री शर्माले भने, ‘अहिले भएका निर्णयहरु केके हुन् ती निर्णयका बारेमा अर्थमन्त्रालय अध्ययन गर्दै छ । नियम, कानून, ऐन अनुसार कसरी राज्यलाई, बीमाकर्तालाई फाइदा हुन्छ । त्यो कुरालाई अगाडी बढाउने कुरामा अर्थमन्त्रल कुनै पनि कसुर राख्ने छैन ’।


क्लिकमान्डु