नयाँ नेतृत्व चयनको लागि कांग्रेसमा मतदान सुरु



काठमाडौं । नेपाली कांग्रेसको अधिवेशनमा नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ ।

सोमबार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने योजना निर्वाचन समितिले बनाएपनि मतपत्र छाप्नको लागि भएको ढिलाईले गर्दा मतदान ढिलाई भएको हो । कांग्रेसमा नयाँ नेतृत्वको लागि सोमबार हुने निर्वाचनले ४ वर्षका लागि नयाँ नेतृत्व चयन गर्दै छ ।

सभापति पदको लागि ५ जनाले उम्मेद्वारी दिएका छन् । महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ।पहिलो मत कांग्रेसका पाका नेता कूलबहादुर गुरुङ्ले दिएका छन् ।


क्लिकमान्डु