महालक्ष्मी लाइफको जर्नी टु सक्सेस सेमिनार सम्पन्न



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले जर्नी टु सक्सेस विषयक एक दिने सेमिनार सम्पन्न गरेको छ ।

कम्पनीले मंसिर ११ गते काठमाण्डौको सामाखुसीस्थित स्काई बैंकेटमा १०५ जनाभन्दा बढीको सहभागिता उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा संचालन भएको उक्त सेमिनारमा उपत्यका भित्रका एघार शाखाहरुमा कार्यरत निश्चित व्यवसाय गरेका लिडर अभिकर्ताहरुलाई सहभागि गराईएको कम्पनीले जानकार दिएको छ ।

कार्यक्रममा बीमा व्यवसायलाई व्यवसायिक कसरी बनाउने, कारोबार गरि रहेता पनि सफलताको बाटोमा कसरी अगाडि बढ्ने र प्राप्त सफलतालाई निरन्तरता कसरी दिने विषयमा छलफल तथा प्रशिक्षण दिइएको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ककमल पन्थीले जानकारी दिए ।

कार्यक्रममा विशेष अतिथि पूर्व प्राध्यापक, स्वास्थ्य बीमा वोर्डका कार्यकारी निर्देशक तथा बीमा विज्ञ डा. दामोदर बसौलाले आफुले लामो समयदेखि बीमा अभिकर्ता भई कार्यरत रहँदाको व्यवहारिक प्रशिक्षण दिदै बीमा पेशामा सफल हुन चाहिने गुणहरु र अवलम्बन गर्नु पर्ने बाटोहरु बारे जानकारी दिए ।


क्लिकमान्डु