बागमती प्रदेश लोक सेवाले २१ जनाका लागि खुलायो जागिर



काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न प्रशासन सहायकदेखि लेक्चरर सम्मका पदका लािग आवेदन खुलाएको छ ।

प्रदेशले प्राविधिक तथा अप्राविधिक दुवै तहको पाँचौं र नौं तहमा खुला तथा समावेशी प्रतिस्पर्धामार्फत आज मंसिर १३ गतेबाट आवदेन दिन मिल्ने गरी माग गरेको छ ।

आयोगले आज सूचना निकाल्दै प्रशासन सहायक, लेखा सहायक, सूचना प्रविधि सहायक, ल्याब सहायक, कार्यलय सहायक लाइब्रेरी सहायक, इलेक्ट्रिसियन, लेक्चररलगायत समूहमा विज्ञापन खुलाएको हो ।

आयोगले खुला तथा समावेशी गरी २१ जना सहायकस्तरदेखि लेक्चरर सम्मको पाँचौं र नौं तहका कर्मचारी माग गरेको हो ।

पुष ४ गतेभित्र फारम भरिसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।


क्लिकमान्डु