प्रि-ओपनिङमा १.८४ अंकले बढ्यो बजार, साढे १५ लाखको कारोबार



काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ । कारोबारमा बजार १.८४ अंकले बढेर २७३६.८६ बिन्दुमा रोकिएको छ ।

२० कम्पनीको २ हजार ६०७ कित्ता सेयर १५ लाख ५५ हजार ५५१ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा बैंकिङ, जलविद्युत समूहको उपसूचकमा गिरावट आएको छ भने विकास बैंक, फाइनान्स कम्पनी, माइक्रोफाइनान्स समूहको उपसूचकमा सुधार आएको छ ।


क्लिकमान्डु