‘यूवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम हरिनगरा, इटहरि र गौरमा सम्पन्न



काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको ‘यूवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सुनसरीको हरिनगरा, मोरङ्गको इटहरी र रौतहटको गौरमा सम्पन्न भएको छ ।

इटहरि नमूना कलेजमा ५० जना बिद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस चिफ डिएन न्यौपानेले गरेका थिए ।

उक्त कार्यक्रममा बीमा सम्बन्धी चेतनामूलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमलाले प्रदान गरे ।

हरिनगरा माविमा करिब १५० जना जना बिद्यार्थीको उपस्थिति कार्यक्रममा बीमा सम्बन्धी चेतनामूलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमलाले प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा बीमाको आवश्यकता र औचित्यबारे हरिनगरा शाखा प्रमुख सञ्जय शाह तथा उप क्षेत्रिय प्रमुख हिरा निरौलाले प्रकाश पारेका थिए ।

गौरी शंकर बहुमुखी क्याम्पस, गौर, रौतहटमा ५० जना स्नातक तहका विद्यार्थी उपस्थित कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख रमेश श्रीवास्तवले गरेका थिए ।

प्रमुख अथिति प्रशासकिय अधिकृत मोहन यादव रहेको उक्त कार्यक्रममा बीमाको महत्व बारे कम्पनीका गौर क्षेत्रका बजार प्रमुख राजेश कुमार शाहले प्रकाश पारेका थिए ।

उक्त कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले प्रदान गरेका थिए ।


क्लिकमान्डु