वाणिज्य बैंकमा एक महिनामा ३५ अर्बले निक्षेप घट्दा कर्जा प्रवाह ३६ अर्बले बढ्यो



काठमाडौं । एक महिनाको अवधिमा वाणिज्य बैंकमा ३५ अर्ब ३१ करोड रुपैयाँ निक्षेप घट्दा ३६ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

बैंकर्स संघका अनुसार कात्तिक महिनामा बैंकमा कर्जाको माग जुन रुपमा बढेको छ सोही अनुपातमा निक्षेप संघलन पनि घटिरहेको छ ।

तथ्याङक अनुसार २७ वटा वाणिज्य बैंकमध्ये ८ वटा बैंकमा निक्षेप बढेको छ भने बाँकी बैंकको निक्षेप घटेको छ । यस्तै कर्जाको माग ९ वटा बैंकमा घटेको छ भने बाँकी बैंकमा बढेको देखिएको छ ।

कात्तिक महिना बैंकका लगानीयोग्य रकम (तरलता अभाव) हुँदा बैंकहरुलाई कर्जा दिन निकै हम्मे हम्मे परेको थियो ।

बैंकबाट ३५ अर्ब ३१ करोड रुपैयाँ निक्षेप बाहिर जाँदा निक्षेप ४२ खर्ब ३३ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । यस्तै कर्जाको माग ३६ अर्ब १२ करोड रुपैयाँले बढेर ४० खर्ब ३४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु