बीमा कम्पनीले साइनबोर्डमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्नैपर्ने



काठमाडौं । बीमा कम्पनीहरुले अबदेखि साइन बोर्डमा अनिवार्यरुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्नु पर्ने भएको छ ।

बीमा समितिले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीलाई आफ्नो साइन बोर्डहरुमा अनिवार्यरुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न निर्देशन दिएको हो ।

प्रत्येक कम्पनीहरुले आफ्नो केन्द्रीय÷प्रादेशिक कार्यालय तथा सम्पूर्ण शाखा÷उपशाखा र एक्सटेन्सन काउन्टरहरुमा एक महिनाभित्र साइनबोर्डमा अनिवार्यरुपमा बीमा समितिबाट इजाजत प्राप्त वाक्यांश राखिसक्नु पर्ने समितिले जनाएको छ ।


क्लिकमान्डु