जीवन बीमा कम्पनीद्वारा ३८ अर्ब कूल बीमाशुल्क संकलन, कुनको कति ?



काठमाडौं । चालु आवको पहिलो त्रैमासको अवधिमा जीवन बीमा कम्पनीले ३८ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये १८ जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

१८ कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणअनुसार ३८ अर्ब ५ करोड ६६ लाख १० हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

चालु आवको असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ ।

कम्पनीले यस अवधिसम्ममा ९ अर्ब ९० करोड ९० लाख ९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

नेपाल लाइफपछि सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले अन्य कम्पाीको तुलनामा बढी रकम संकलन गरेको छ ।

संस्थानले ६ अर्ब ४ करोड ४१ लाख ४७ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

तेस्रोमा एलआईसी नेपाल छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ५ अर्ब २५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, नेशनल लाइफ इन्स्योरेन्स ३ अर्ब ४५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

वित्तिय विवरणअनुसार युनियन लाइफले एक अर्ब ८९ करोड रुपैयाँ, एशियन लाइफले एक अर्ब ५९ करोड रुपैयाँ, सिटिजन लाइफले एक अर्ब २४ करोड रुपैयाँ, प्राइम लाइफले एक अर्ब १८ करोड रुपैयाँ र सूर्या लाइफले एक अर्ब १३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

रिलायबल नेपाल लाइफ, ज्योति लाइपफ, आइएमई लाइफ, रिलायन्स लाइफ, सन नेपाल लाइफ, प्रभु लाइफ, सानिमा लाइफ र महालक्ष्मी लाइफले भने एक अर्ब रुपैयाँभन्दा कम बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु