बंगलादेश बैंकको सञ्चालकमा ६ जना निर्वाचित



काठमाडौं । नेपाल बंगलादेश बैंकको नयाँ सञ्चालक समितिमा ६ जना निर्वाचित गरका छन् ।

बैंकको बिहीबार सम्पन्न २७ औं साधारणसभा तथा सञ्चालक समितिको निर्वाचनबाट ४ वर्षे कार्यकालको लागि संस्थापक समूहबाट ३ जना सर्वसाधारण समूहबाट ३ सहित ६ जना सञ्चालक निर्वाचित भएका छन् ।

बैंक सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जनामा ए आर एम नजमुस शकिब, एम शाह आलम सरवर र क्यामरुन नहर अहमद निर्वाचित भएका छन् । यस्तै सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, योगिता दाहाल र अमन सह निर्वाचित भएका छन् ।


क्लिकमान्डु