आईएमएस लिटिल स्माइलले ल्यायो छुट अफर



काठमाडौं । बाल दिवसको अवसरमा आईएमएस लिटिल स्माइलले प्रिमियम बेबी ब्राण्ड र अन्य अन्तर्राष्ट्रिय ब्राण्डको खरिदमा ग्राहकलाई छुट उपलब्ध गराउने भएको छ ।

कम्पनीले ग्राहकलाई क्रेन, डा. ब्राउन, बीब्लुभ, ड्रिम बेबी र अन्य ब्राण्डमा ३० प्रतिशतसम्म छुट उपलब्ध गराउँदै आएको छ । साथै ग्राहकका लागि थप ५ प्रतिशतको पुनः खरिद छुट भौचर प्रदान गर्ने भएको हो ।

यो अभियानमा ह्यासट्याग लिटिलस्माइसम्याटर फोटो प्रतियोगिता पनि आयोजना गरिनेछ । जसमा तीन जनाले कम्पनीबाट उपहार जित्ने मौका पाउने छन् ।

नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टी ब्राण्ड आउटलेट, आइएमएस लिटिल स्माइल दरबारमार्गस्थित दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा अवस्थित छ ।

यो अफर मंसिर ३ गतेदेखि ७ गतेसम्म लागू हुनेछ ।


क्लिकमान्डु