सेयर बजार राताम्मे, दुई कम्पनीको कारोबारमा सकारात्मक सर्किट



काठमाडौं । सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार सेयर बजार राताम्मे बनेको छ । कारोबारको शुरुदेखिनै निकै उतार चढाव रहेको बजार अन्तिम समयमा दोहोरो अंकले गिरावट देखिएको छ ।

बजार मापन गर्ने सूचक ३२.३९ अंकले घटेर २७६९.१३ बिन्दुमा रोकिएको छ । २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता सेयर ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २३० रुपैयाँको सेयर किनबेच भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक ४.२५ अंकले घटेर ५२१.१८ बिन्दुमा रोकिएको छ ।

बिहीबारको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ समूहको २२.१९ अंक, विकास बैंक १११.६१, जलविद्युत ९३.२८, वित्त कम्पनी २७.७, निर्जीबन बीमा २०४.३५, उत्पादन तथा प्रशोधन ७८.०७, माइक्रोफाइनान्स ९.६४, जीवन बीमा समूहको उपसूचक २२७.४६ अंकले घटेको छ ।

कारोबारमा मानुषी लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन कारोबार रकमको आधारमा नेपाल दूरसञ्चार प्राधिकरण कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ६० करोड ४४ लाख ५५ हजार ४१२ रुपैयाँको सेयर किनबेच भएको छ । धेरै कारोबार हुने दोस्रो र तेस्रो कम्पनीमा महालक्ष्मी विकास बैंक र अप्पर तामाकोशी हाईड्रोपावर कम्पनी रहेको छ ।


क्लिकमान्डु