सगरमाथा इन्स्योरेन्सको नाफा करिब ११% ले बढ्यो



काठमाडौँ । सरगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा ६ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा १०.८८% ले बढी हो ।

गत आवको यसै अवधिमा कम्पनीले ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले चालु आवको पहिलो त्रैमासमा ३९ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले ३५ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

एक अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रति शेयर आम्दानी २२ रुपैयाँ २१ पैसा छ । कम्पनीको जगेडा कोषमा ५० अर्ब सञ्चित छ ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशनबाट ९ करोड ५९ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट ३ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

पहिलो त्रैमासमा कम्पनीले अभिकर्ता कमिशन शिर्षकमा एक करोड २० लाख रुपैयाँ र पुनर्बीमा कमिशन शिर्षकमा ३ हजार रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले दुई हजार ५४ वटा बीमा दावी वापत २४ करोड रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । कम्पनीले ११ हजार १०५ वटा बीमा दावीवापत दुई अर्ब ५ करोड रुपैयाँ कुद दावी भुक्तानी गर्न बाँकी छ ।


क्लिकमान्डु