प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा १०% ले घट्दा प्रतिसेयर आम्दानीपनि घट्यो



काठमाडौँ । प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनाा नाफा १०.३२ प्रतिशतले थोरै हो ।

गत वर्षको यसै अवधिमा कम्पनीले ४ करोड ७ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमाशुल्क आर्जन रकम १३.४७ प्रतिशतले घटेर १२ करोड ३४ लाख रुपैयाँमा झरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १४ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

चुक्ता पूँजी एक अर्ब १० करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी समेत खुम्चिएको छ । कम्पनीको प्रति शेयर आम्दानी १५ रुपैयाँ ८६ पैसाबाट घटेर १३ रुपैयाँ १७ पैसामा सीमित भएको छ ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिसनबाट ३ करोड ९५ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट ७६ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले अभिकर्ता कमिशनका लागि १ करोड ३८ लाख रुपैयाँ, पुनर्बीमा कमिशनका लागि १ लाख १७ हजार रुपैयाँ र सेवा शुल्कका लागि १२ लाख ३४ हजार रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले १ हजार १५७ वटा बीमा दावी वापत १३ करोड १२ लख रुपैयाँ भुक्तानी गर्दा २ हजार ४८७ वटा बीमा दावीवापत ४१ करोड ३८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।


क्लिकमान्डु