नेको इन्स्योरेन्सको नाफा ४२%ले घट्यो



काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेको इन्स्योरेन्सको खुद नाफा घटेको छ । कम्पनीको खुद नाफा ४२.१८ प्रतिशतले घटेर ७ करोड १९ लाख रुपैयाँमा झरेको छ ।

गत आवको यसै अवधिमा १२ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बीमा कोषको आकार १ अर्ब १५ करोड ३३ लाख ३ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीको बीमा कोषको आकार ८९ करोड ३९ लाख २३ हजार रुपैयाँ थियो ।

खुद बीमाशुल्क १४.०३ प्रतिशतले बढेर ४९ करोड ३५ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिमा यसले ४३ करोड २८ लाख ६१ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

१ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८५ पैसा छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको जगेडा कोषमा ७३ करोड २९ लाख रुपैयाँ सञ्चिती छ ।

कम्पनीले पुनर्बीमा कमिसन आयबाट ६ करोड ८० लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट २ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले यस अवधिमा २० करोड १३ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । यस्तै, कम्पनीले अभिकर्ता कमिसन खर्चमा १ करोड ४९ लाख रुपैयाँ, पुनर्बीमा कमिशन खर्चको शिर्षकमा १ लाख रुपैयाँ, सेवा शुल्क खर्चमा ४९ लाख रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले १ हजार ९७७ वटा बीमा दावीवापत २७ करोड ८७ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भने ७ हजार ३४७ वटा बीमा दावीवापत १ अर्ब ९९ लाख २६ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।


क्लिकमान्डु