सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएकोमा मंगलबार ५ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य पतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ कायम भएकोमा मंगलबार १० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु