महालक्ष्मी लाइफको बीमाशुल्क ३९% ले बढ्यो, नाफामा सामान्य सुधार



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा खुद बीमाशुल्क बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको पहिलो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जन रकम ३९ प्रतिशतले बढेर ३२ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले २३ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

चालु आवको पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा समेत सुधार भएको छ ।

कम्पनीले चालुृ आवको पहिलो त्रैमासमा २ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले २ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको नाफामा भने बीमाङ्कीय मूल्याङ्कनपछि परिवर्तन हुन सक्ने छ ।

कम्पनीले चालु आवको प्रथम त्रैमाससम्ममा जीवन बीमा कोषमा एक अर्ब ५३ करोड ७८ हजार ६७ हजार ६५१ रुपैयाँ सञ्चित गर्न सफल भएको छ ।

कम्पनीको जगेडा कोषमा २० करोड ८९ लाख ६३ हजार ४६८ रुपैयाँ संचित गरेको छ भने महाविपत्ति कोषमा दुई करोड ३२ लाख १८ हजार १६४ रुपैयाँ जम्मा गरेको छ ।

कम्पनीले चालु आवको पहिलो त्रैमासमा चार करोड ६० लाख ७७ हजार ११६ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १९ लाख सात हजार ५०० रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट २ करोड ८५ लाख रुपैयाँ र बीमालेखको धितोमा कर्जाबाट १ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पाीले अभिकर्ता कमिसन शीर्षकमा ६ करोड ३४ लाख रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले २ सय ९८ वटा बीमा दाबीवापत ४ करोड ७७ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भने १४ वटा दाबीवापत ४१ लाख ६६ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।


क्लिकमान्डु