नेपाल लाइफ इन्स्योरेन्सका सीइओ सन्तोष प्रसाइले दिए राजीनामा



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले राजीनामा दिएका छन् ।

लामो समयदेखि सञ्चालक समितिसँगको मनमुटावपछि प्रसाइले राजीनामा दिएका हुन् ।

प्रसाइले हिजो आइतबार राजीनामा दिएका थिए । प्रसाइ ८ महिना अघि मात्रै सीइओमा नियुक्त भएका थिए ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले प्रसाइको राजीनामा स्वीकृत गरेको हो । समितिको बैठकले कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नायव प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरीलाई दिने समेत निर्णय गरेको छ ।


क्लिकमान्डु