चौधरी ग्रुपले जीबी फूड्स र सीआईएस बिजनेशलाई प्राप्ति गर्ने



काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी फूड्सले जीबी फूड रसिया र सीआईएस बिजनेस स्पेनलाई प्राप्ति गरेको छ । कम्पनीले दिएको जानकारी अनुसार मंगलबार यसका लागि सम्झौता समेत भएको छ ।

यद्यपि कारोबारको रकम भने खुलाइएको छैन ।

जीबी फूड्स रसिया र सीआईएसको स्वामित्व अबको केही साताभित्र चौधरी ग्रुपको सीजी फूड्स अन्तर्गत आउनेछ ।

कम्पनीले जीबी फूड्स प्राप्ति गरेसँगै कम्पनीले युरोप तथा कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेटमा सीजी फूडको बजार अझ बलियो हुने अपेक्षा गरेको छ ।

साथै कम्पनीले वितरण प्रणाली चुस्त बनाउँदै बढाउने समेत योजना बनाएको छ ।

हाल जीबी फूड्स पश्चिम यूरोप, रसिया तथा सीआईएस, बाल्टिक्स तथा अफ्रिकाका ३० देशमा फैलिएको छ ।

चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले वाईवाई चाउचाउलाई विश्वभर बलियो ब्राण्डका रुपमा स्थापित गर्ने आफ्नो योजना रहेको बताउँदै यो कदमले सहयोग पुग्ने बताए ।


क्लिकमान्डु