प्रधानसेनापतिको बयान: भदौ २२ मै जेनजी आन्दोलन व्यापक हुने जानकारी थियो

322
Shares

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले भदौ २२ गतेसम्म आइपुग्दा जेनजी आन्दोलन व्यापक रूप लिन सक्ने सूचना आफूहरूले पाएको बताएका छन् ।

जेनजी आन्दोलनको दमनसम्बन्धी घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगसमक्ष दिएको बयानमा उनले सो दिन बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रिय अनुसन्धान विभागसहित विभिन्न सुरक्षा निकायबाट आन्दोलन फैलिन सक्ने जानकारी प्राप्त भएको उल्लेख गरेका हुन् ।

तर त्यसबेला राष्ट्रिय सुरक्षा परिषद्को औपचारिक बैठक नबसेकाले आवश्यक रणनीतिक स्तरको छलफल हुन नसकेको पनि उनले बताएका छन् ।

प्रतिवेदनमा उद्धृत उनको बयानमा भनिएको छ, ‘भदौ २२ गतेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आन्दोलन व्यापक हुन सक्ने जानकारी प्राप्त भएको थियो । तर, सोही मितिसम्म राष्ट्रिय सुरक्षा परिषद्को औपचारिक बैठक नबस्दा विशेष रणनीतिक छलफल हुन सकेन।’

त्यसपछि भदौ २३ गते संसद भवन क्षेत्रको सुरक्षा अवस्था जटिल बन्दै गएपछि अघिल्लो निर्णयअनुसार अन्य सुरक्षा निकायसँग समन्वय गर्दै आवश्यक सुरक्षा तयारी गर्न निर्देशन दिइएको उनले बताएका छन्।

सिग्देलले सुरक्षा निकायहरूबीच समन्वयको अभाव रहेको आरोपलाई उनले अस्वीकार गरेका छन् ।

राष्ट्रपति निवास, प्रधानमन्त्री निवासका मुख्य संरचना, त्रिभुवन अन्तर्राषंट्रिय विमानस्थल तथा देशभरका विमानस्थल, इन्धन डिपी, कारागार लगायत मुख्य संस्थाहरु नेपाली सेनाको पहलमा जोगाइएको उनको दाबी छ ।