सर्बोच्च अदालतका १४ न्यायाधीशले बैठक बहिस्कार गरेपछि फुलकोर्ट बैठक स्थगित



काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशले बहिष्कार गरेपछि सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक स्थगित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फुलकोर्ट बैठक बोलाएपछि न्यायाधीशको बहिष्कारको बैठक स्थगित भएको हो ।

१४ जना न्यायाधीश छुट्टै बैठकमा बसेपछि सोमबार सर्बोच्चको इजलाश समेत प्रभावित भएको छ । १४ जना न्यायधीशले भने मंगलबार सर्बोच्चका प्रधानन्यायाधीशलाई भेट्ने निर्णय गरेका छन् ।


क्लिकमान्डु