
कालीकोट । कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी भएका छन ।
एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिए ।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा(एमाले) का नगिन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरे । नौ सय ८६ मतान्तरले पछि पार्दै शाही विजयी भएका छन।
नेपाली कांग्रेसका हर्षबहादुर बमले नौ हजार १३३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (माओवादी)का उम्मेदवार खड्गबहादुर विश्वकर्माले चार हजार ५९९ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेले दुई हजार ९३७ मत प्राप्त गरे ।








प्रतिक्रिया