सम्पूर्ण अपडेट

चितवन २ बाट रवि लामिछाने ३९ हजार मतान्तरसहित तेस्रो पटक विजयी

147
Shares

काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ३९ हजार ८३९ मतान्तरसहित विजयी भएका छन् । लामिछानेले ५४ हजार ४०२ मत पाउँदा उनका निकटम प्रतिस्पर्धी मिनाकुमारी खरेलले १४ हजार ५६४ मत पाएकी छिन् ।

यो निर्वाचन क्षेत्रबाट एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२, नेकपाका प्रताप गुरुले ४ हजार ९६९ मत, श्रम संस्कृति पार्टीका मिलन थापाल मगरले ७५१ मत र राप्रपाका जगदिश्वर अधिकारीले ७०७ मत पाएका छन् ।

यो क्षेत्रबाट रवि लामिछानेले तेस्रो पटक जित निकालेका छन । यस अघि २०७९ को निर्वाचनमा लामिछानेले जितेको र उपनिर्वाचनमा पनि उनैले जितेका थिए । लामिछानेले यस अघि २०७९ को निर्वाचनमा ४९ हजार ३०० मत ल्याएका थिए ।