सम्पूर्ण अपडेट

इलाम–२ एमालेका नेम्वाङको अगाडि, मार्लान् बाजी ?

651
Shares

फिक्कल (इलाम) । इलाम क्षेत्र नं २ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।

मतपरिणामअनुसार चुलाचुली गाउँपालिका, माई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको २४ हजार ७०४ मतगणना सकिँदा नेम्वाङले आठ हजार २८० मत प्राप्त गरी अग्र स्थानमा छन् ।

नेम्वाङलाई श्रम संस्कृति पार्टीका सुदीप राईले छ हजार ४४४ मत प्राप्त गरी पछ्याइरहेका छन् मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिए । नेम्वाङ र राईबीच एक हजार ८३६ मतान्तर छ ।

त्यस्तै नेपाली कांग्रेसका भेषराज आचार्यले चार हजार ३४६ मत प्राप्त गरी तेस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई दुई हजार २२४ मतका साथ चौथो स्थानमा छन् ।

अहिले माङसेबुङ गाउँपालिकाको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत गजुरेलले जानकारी दिए । त्यसपछि देउमाई र इलाम नगपालिकाको मतगणना गरिनेछ । मतगणना इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटी हल) मा भइरहेको छ ।

सो निर्वाचन क्षेत्रमा कूल एक लाख १९ हजार ४८९ मतदाता भएकामा ६६ हजार ९३४ अर्थात् ५६ प्रतिशत मत खसेको थियो । सो निर्वाचन क्षेत्रमा विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ जना प्रत्यासी छन् ।