सम्पूर्ण अपडेट

बाँके–२ मा एमालेका इस्तियाक राई विजयी, १३ क्षेत्रमा एमालेको अग्रता

84
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेले एक निर्वाचन क्षेत्रमा जित हासिल गर्दा १३ क्षेत्रमा अग्रता लिएको छ । पछिल्लो परिणाम अनुसार बाँके क्षेत्र नं. २ मा एमाले उम्मेदवार मोहम्मद इस्तियाक राई विजयी भएका छन् भने अन्य १३ निर्वाचन क्षेत्रमा एमालेले आफ्नो अग्रता कायम राखेको छ ।

बाँके क्षेत्र नं. २ बाट राई भारी मतान्तरले निर्वाचित भएका छन् । राईले २४ हजार ६२८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठले १८ हजार ५८२ मत प्राप्त गरेका छन् । राईले ६ हजारभन्दा बढीको मतान्तरले जित दर्ता गरेका हुन्।

बझाङ–१ मा एमालेका ऐनबहादुर महर १४ हजार ५५२ मतका साथ बलियो अग्रतामा छन् । उनलाई नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहीले १२ हजार ८६१ मतका साथ पछ्याइरहेका छन् । यस्तै, सिन्धुली–१ मा प्रदीपकुमार कटुवाल क्षेत्री १० हजार २३० मतसहित अगाडि छन् भने कांग्रेसका उज्ज्वलप्रसाद बराल ९ हजार ७२२ मतका साथ दोस्रो स्थानमा छन् ।

धनकुटा–१ मा राजेन्द्रकुमार राई ८ हजार ७६१ मतका साथ अगाडि छन् । पाल्पा–१ मा नारायणप्रसाद आचार्य ८ हजार ३१४ मत र दैलेख–२ मा लक्ष्मणप्रसाद पोखरेल ७ हजार ८६० मतका साथ अग्रस्थानमा रहेका छन् ।

इलाम क्षेत्र नं. २ मा एमालेका सुहाङ नेम्वाङ ७ हजार ६५० मतका साथ अग्रता लिइरहेका छन् । उनलाई श्रम संस्कृति पार्टीका सुदीप राईले ६ हजार २८३ मतका साथ पछ्याइरहेका छन् ।

यसैगरी ताप्लेजुङमा क्षितिज थेबे ७ हजार १६६ मत, स्याङ्जा–२ मा खिमबहादुर थापा ६ हजार ३१३ मत, अछाम–२ मा यज्ञबहादुर बोगटी ३ हजार ५४ मत, भोजपुरमा शेरधन राई ३ हजार १ मत र उदयपुर–२ मा अम्बरबहादुर रायमाझी १ हजार ३६२ मतका साथ अगाडि छन् ।

दार्चुला–१ मा एमालेका गणेश सिंह ठगुन्ना २ हजार ५५६ मतका साथ अगाडि छन्, तर उनलाई कांग्रेसका धामानन्द जोशीले २ हजार ४७८ मतका साथ कडा टक्कर दिइरहेका छन् । यस्तै धनुषा–१ मा रामचन्द्र मण्डल ६६५ मतसहित अगाडि छन् भने माओवादी केन्द्रका मातृकाप्रसाद यादव ६२० मतका साथ उनीसँगै प्रतिस्पर्धामा छन् ।