नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कोरोनाबाट संक्रमित भएका छन् ।
दुईवटा भ्याक्सिन लगाएपनि अधिकारीलाई कोरोना संक्रमण भएको हो ।
कोरोना संक्रमण भएपछि अधिकारी अहिले घरमा नै बसेका छन् ।
अधिकारीलाई कोरोना संक्रमण देखिएपनि अवस्था भने सामान्य रहेको छ ।