सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घट्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ कायम भएकोमा शुक्रबार १४ सय रुपैयाँले घटेर ८९ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी तथा व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार कायम भएकोमा शुक्रबार ८८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ३० रुपैयाँ घटेर ११ सय ७० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु