किस्ता रकम घटाएर कर्जाको पुनरसंचना गर्नुपर्ने, साँवाब्याज तिर्ने समय पुस मसान्तसम्म




काठामाडौं । बैंक तथा वित्तीय संस्थाले किस्स्ता घटाएर कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्नु पर्ने भएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दे सो निर्देशन दिएका हुन् ।

कोभिड-१९ को प्रभावलाई मध्यनजर गरी प्रवाहित कर्जामा बैंक तथा वित्तीय संस्था स्यमले अध्ययन गरी किस्ता रकम घटाइ भुक्तानी अवधि घटाउन सक्ने उनले बताए ।

साथै, निषेधाज्ञा अवधिभरको भुक्तानी बाँकी रहेको २०७८ असार मसान्तसम्म साँवा ब्याज भुक्तनी गर्न नसकेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले २०७८ पुस मसान्तसम्म भुक्तानी अवधि थप गर्न सक्ने उनले बताए ।

यस्तो सुविधा बैंक तथा वित्तीय संस्थाले ऋणी मुल्यांकन गरी स्यम दिन सक्नेछन् ।


क्लिकमान्डु