२२ लाख ४० हजार भारु पर्ने बीएमडब्ल्यूको बाइक भारतमा सार्वजनिक, यस्ता छन् विशेषता



एजेन्सी । बीएमडब्ल्यू मोटोराडले नयाँ अपडेटेड २०२१ बीएमडब्ल्यू आर १२५० जीएस र बीएमडब्ल्यू आर १२५० जीएस एडभेन्चर भारतमा सार्वजनिक गरेको छ ।

कम्पनीले यी दुवै मोटरसाइकललाई पहिल नै बीएस-६ प्रदुषण मापदण्डको आधारमा अपडेट गरिसकेको छ ।

कम्पनीले बीएमडब्ल्यू आर १२५० जीएस २० लाख ४५ हजार भारु र बीएमडब्ल्यू आर १२५० एडभेन्चर २२ लाख ४० हजार भारु एक्स-शोरुममा सार्वजनिक गरेको हो ।

बीएमडब्ल्यू आर १२५० जीएस पहिले पनि २० लाख ४५ हजार भारुमा बिक्री भइरहेको थियो । बीएमडब्ल्यू आर १२५० जीएस एडभेन्चरको मूल्य ५ हजार भारुले बढेको छ । यो मोटरसाइकल २२ लाख ३५ हजार भारु एक्स  शोरुममा बिक्री भइरहेको छ ।

यी दुई मोटरसाइकलको ‘४० वर्ष जीएस’ संस्करण पनि छिट्टै आउनेछ । बीएमडब्ल्यू जीएस लाइनअप अस्तित्वमा आएको ४० वर्ष पुरा भएको छ । स्पेसल एडिसनको मूल्य खुलाइएको छैन । भारतमा बीएमडब्ल्यू आर १२५० जीएस हार्ले डेभिडसन प्यान अमेरिका र छिट्टै सार्वजनिक हुने डुकाडी मल्टीस्ट्राडा भी४ सँग प्रतिस्पर्धा हुनेछ ।

बीएमडब्ल्यू आर १२५० जीएस पहिले जस्तै २ भेरियन्टमा उपलब्ध छ । यसमा आर १२५० जीएम प्रो र आर १२५० जीएस एडभेन्चर प्रो शामिल छ । यी मोटरसाइकलमा एडभेन्चर प्रो उबडखाबड बाटोका लागि उपयुक्त छ ।

आर १२५० जीएस (१९० मिली मिटर फ्रन्ट, २०० मिली मिटर रियर) को तुलनामा पर्याप्त दुर्घटना सुरक्षा, एउटा ठूलो लगेज माउन्ट, लामो विन्डस्क्रिन र अधिक सस्पेन्सर ट्रैवल (२१० मिलीमिटर फ्रन्ट, २२० मिलीमिटर रियर) रहेको छ ।

यसका साथै, जीएस एडभेन्चरको सिटको उचाई ८९० मिलिमिटर र आर १२५० जीएसको सिटको उचाई ८५० मिलीमिटर छ । जीएस एडभेन्चरमा २० लिटर र आर १२५० जीएसमा ३० लिटरको ठूलो फ्यूल ट्यांक छ ।

मोटरसाइकलमा नयाँ इंटीग्रल एबीएस प्रो मोड, इको राइडिङ मोड, हिल स्टार्ट कन्ट्रोल प्रो र डायनेमिक इन्जिन ब्रेक कन्ट्रोल दिइएको छ । मोटरसाइकल नयाँ स्टाइल ट्रिपल ब्ल्याक र स्टाइल र्यालीमा उपलब्ध छ ।


क्लिकमान्डु