खुला विश्वविद्यालयले माग्यो ७४ जना कर्मचारी
काठमाडौं । नेपाल खुला विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा ७४ जना कर्मचारी माग गरेको छ ।
नेपाल खुला विश्वविद्यालय कार्यकारी परिषद्को वैशाख २४ गते को निर्णय अनुसार शिक्षक तथा कर्मचारीतर्फका विभिन्न विषय पदमा ७४ स्थायी सेवामा माग गरेको हो ।
आयोगले आन्तरिक प्रतियोगितातर्फ शिक्षणका लागि २२ जना र प्रशासनतर्फ १० जना माग गरेको छ । त्यसेगरी खुला प्रतियोगितातर्फ शिक्षणका लागि २२ जना र प्रशासनतर्फ १० जना माग गरेको हो ।
आयोगले माग गरेको अनुसार योग्य नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र र दोब्बर दस्तुर तिरेर अन्तिम मितिको भोलिपल्टदेखि ७ दिनसम्म फारम भर्न सक्नेछन् ।
आवेदन फारामका लागि विश्वविद्यालयको आधिकारिक वेवसाइट www.nou.edu.np/career मा फारम डाउनलोड भरी इमेल ठेगानामा वैयक्तिक विवरणसहित आवश्यक प्रमाणपत्रसहित स्क्यान गरी [email protected] मा इमेल गर्नुपर्नेछ ।
साथै, आवेदन दस्तुर भने ग्लोबल आइएमईए बैंकको कीर्तिपरस्थित विश्वविद्यालयको खाता नम्बर ०५०१०१००००५०२ मा जम्मा गरी सो भौचरको स्क्यान कपी अनलाइन फाराम भर्दा समावेश गर्नुपर्नेछ ।
उक्त आवेदनका लागि प्राध्यापक पदका लागि ३ हजार दस्तुर तोकिएको छ । त्यसैगरी, सह–प्र्राध्यापकका लागि २७ सय, उप–प्राध्यापक पदका लागि २४ सय, सहायक प्राध्यापकका लागि २ हजार, शाखा अधिकृत वा सो सरहका लागि २ हजार, कार्यालय प्रमुख सहायक वा सो सरहका लागि ९ सय र समावेशी शुल्कप्रति समावेशीको लागि ३ सय रुपैयाँ दस्तर रकम तोकेको छ ।