शिखर इन्स्योरेन्सले हकप्रदको अनुमतिका लागि बोर्डमा दियो आवेदन
काठमाडौं । शिखर इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले १०:३ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि बोर्डमा जेठ २५ गते अनुमतिका लागि आवेदन दिएको हो ।
कम्पनीले ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयरका लागि आवेदन दिएको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरेको छ ।