हकप्रदको बुक क्लोज लगत्तै एचआइडीसीएलको सेयर मूल्य समायोजन



काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज गरेपछि सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने घोषण गरेको थियो । जसका लागि कम्पनीको हकप्रद सेयर पाउनका लागि जेठ २७ गतेसम्म कम्पनीको सेयर हुनुपर्ने थियो ।

कम्पनीले बुक क्लोज गरेपछि बिहीबार प्रतिकित्ता ५८६ रुपैयाँ भएको सेयर मूल्य समायोजनपछि ३४३ रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु