सेयर बजारमा उत्साह कायमै, नेप्से परिसूचक उच्च अंकमा, कारोबार रकम १७ अर्ब
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा लगानीकर्ताको उत्साह कायमै छ ।
बुधबार ५५ अंकले बढेको नेप्से परिसूचक बिहीबार २९.६४ अंकले बढेर हालसम्म कै उच्च अंक २८५६.७७ अंकमा पुगेको छ । बिहीबार कै कारोबारको समयसम्म नेप्से हालसम्मकै उच्च अंक २८७५.६३ अंकसम्म पुगेको थियो ।
यो दिन ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर कुल १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रुपैयाँमा कारोबार भएको छ । यसअघि हालसम्मकै उच्च १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४४ रुपैयाँ ९१ पैसामा कारोबार भएको थियो ।
उपसमूहतर्फ विकास बैंक, होटल तथा पर्यटन र फाइनान्स कम्पनीको सेयरमा उछाल देखिएको छ भने निर्जीवन बीमा कम्पनी, जलविद्युत् कमपनी र ट्रेडिङतर्फ गिरावट देखिएको छ । बैंकिङ उपसमूहमा पन ि२.७१ प्रतिशतको वृद्धि देखिएको छ ।
यो दिनको कारोबारमा मञ्जु श्री फाइनान्स र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । साथै गोर्खाज फाइनान्सको ९.६८ प्रतिशतले सेयर मूल्य बढेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ९.५५ प्रतिशतको वृद्धि भएको छ ।
त्यसैगरी बढी गुमाउने कम्पनीमा पञ्चकन्या माइ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५.९२ प्रतिशतले घटेको छ भने राधी विद्युत् कम्पनीको सेयर मूल्य ५.०६ प्रतिशत, वरुण हाइड्रोपावर कम्पनीको ४.८८ प्रतिशत, घलेम्दी हाइड्रो लिमिटेडको ४.४१ प्रतिशतले सेयर मूल्य घटेको छ ।