नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने
काठमाडौं । नेशनलमा इक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको छ ।
संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. १ हजार बाइस रुपैयाँ तोकिएको छ ।
संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने जनाइएको छ ।
साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७८ जेठ १६ गतेदेखि मिति २०७८ जेठ ३० गते सम्ममा बिक्री प्रबन्धक श्री एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत् आवेदन पेश गर्न सकिने जनाइएको छ ।