किन लगातार उकालो लागिरहेको रुरु जलविद्युतको सेयर ?



काठमाडौं । पछिल्ला केही दिनदेखि लगातार रुरु जलविद्युत् परियोजना लिमिटेडको सेयरले दोस्रो बजारमा सकारात्मक सर्किट हानेको छ ।

कोरानाका कारण मुलुकभर जस्तै निशेधाज्ञा जारी रहेको बेला सोमबार समेत सो कम्पनीको सेयरमा १० प्रतिशतको वृद्धि भयो ।

सोमबारको कारोबारका आधारमा हेर्दा सो कम्पनीको सेयर प्रतिकित्तिा ९६८ मा पुगेको छ । सो कम्पनीको सेयर ३८४ मा ३ मे २०२१ मा सूचीकृत भएको थियो । लगातार उकालो लागेको सेयर मूल्यका कारण कम्पनीको बजार पूँजीकरण समेत वृद्धि भएको छ ।

सो कम्पनीको सेयरमा किन यत्ति धेरै आर्कषण देखिएको छ भन्ने बारेमा आम लगानीकर्ताको फरक फरक अनुमान रहेको छ । केहीले कर्नरिङ गरेर चलेखल भएको बताइरहेका छन् भने केहीले वृद्धिलाई स्वभाविक भनेका छन् ।

सो कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको लामो समय भएको छैन । कम्पनीले १०० रुपैयाँ अंकित दरमा प्रिमियम दरमा २० थप गरी १२० मा साधारण सेयर बिक्री गरेको थियो ।

कम्पनीले ४ लाख ७ हजार ७०५ कित्ता साधारण सेयर आयोजना प्रभावित गुल्मी जिल्लाका स्थानीयबासीलाई र ४ लाख ७ हजार ७०६ कित्ता सेयर आम सर्वसाधारणलाई बिक्री गरेको थियो ।

रन अफ रिभर प्रकृतिको ५ मेगावाट क्षमताको माथिल्लो हुग्दी खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । गुल्मी जिल्लाको चन्द्रकोट गाँउपालिका ६ र ७ मा आयोजना स्थल रहेको छ । आयोजनाको कूल लागत ७४ करोड ४५ लाख २१ हजार ९१० रहेको छ ।

आयोजनाको प्रतिमेगावाट लागत १४ करोड ८९ लाख ४ हजार ३८२ रहेको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.२४ वर्ष रहेको छ । आयोजननाको डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८.४२ वर्ष रहेको छ । आयोजनाले औसतमा ४.३६ मेगावाट बिजुली उत्पादन गरिएको छ ।

इक्रा नेपालले गरेको रेटिङमा सो कम्पनीको आर्थिक, समाजिक तथा प्राविधिक दृष्टिकोणबाट कुनै समस्या नरहेको देखिन्छ । आयोजनाको अनुमति वहाल अवधि २१०४ सायन २९ गतेसम्म रहेको छ । यस आधारमा अझै २७ वर्ष बाँकी रहेको छ ।

रुरु कम्पनीको आधारभूत सेयरधनीमा भरतप्रसाद नेपाल, सावित्री अअधिकारी, ताराप्रसाद सञ्जेल, हरप्रसाद निरौला, डम्बरबहादुर देउजा, डा सन्दिप शाअ , एकराज पाण्डे र निरा अर्याल रहेका छन् । यस्तै पूर्वाञ्चल इन्भेस्टमेन्ट कम्पनी र आर्दश नागरिक इन्भेस्टमेन्ट कम्पनी रहेको छ । कम्पनीको अध्यक्षमा आशिष सुवेदी छन् ।


क्लिकमान्डु