बैंकहरुले ५० हजारभन्दा तलको निक्षेप नगदमा नलिने, डिम्याट खोल्ने काम बन्द



। कोरोना संक्रमण भन्दै वाणिज्य बैंकहरुले ५० हजारभन्दा तलको निक्षेप नगदमा स्विकार नगर्ने भएका छन् ।

बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक सेवामा राख्दै शाखाहरु खुलेका छन् । काठमाडौं उपत्यकामा २५ प्रतिशत शाखा खुलेको छ ।

तर,बैंकका शाखाहरुमा ग्राहकको भिड अत्याधिक छ । न्यून रकमको जम्मा गर्न आउने तथा डिम्याट खोल्न आउने भिड बढेपछि बैकर्स संघको शुक्रबारको बैठकले ५० हजारभन्दा तलको निक्षेप नगदमा नलिने भएको हो ।

बैंकहरुका शाखाबाट अबदेखि अर्को सूचना जारी नहुँदासम्म खाताबाट रकम झिक्ने, ५० हजारभन्दा माथिको मात्र निक्षेप नगदमा लिने तथा,रकम स्थानान्तरण,चेक,आरटिजिएस,आइपीएस,विप्रेषण भुक्तानी तथा अन्तराष्ट्रिय व्यापारको काम हुने छ ।

बैकर्सं संघले बैठकले कोरोना भाइरस संक्रमण रोक्न अत्यावश्यक सेवा बाहेकका काम बन्द गर्ने निर्णय गरेको हो । बैंकिङ क्षेत्रमा ३ हजारभन्दा बढी कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् । केहीको निधन समेत भएको छ ।


क्लिकमान्डु