कोभिडको कारण पूर्व बैंकर निरज श्रेष्ठको निधन
काठमाडौं । कोभिड १९ संक्रमणको कारण बैंकर निरज श्रेष्ठको निधन भएको छ ।
कोभिड १९ को कारण बिहीबार बिहान श्रेष्ठको निधन भएको हो । श्रेष्ठले माछापुच्छ्रे बैंकमा सीइओको रुपमा काम गरेका थिए ।
सनराइज बैंकको संचालक समितिको बैठकले श्रेष्ठलाई सीइओ नियुक्त गरेपनि विवाद भएपछि उनी सनराइजमा भने गएनन् । कोरोनाको कारण श्रेष्ठको बुवाको पनि निधन भएको छ । उपचारको क्रममा श्रेष्ठको निधन भएको हो ।
श्रेष्ठले तात्कालिन ग्रिनलेज हालको स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट सन् १९८९ मा बैंकिङ सेवामा प्रवेश गरेका थिए । एनआईसी एशिया,ग्लोबल आइएमई बैंकमा श्रेष्ठले काम गरेका थिए ।