प्रि-ओपनमा ५.२६ अंकले घट्यो नेप्से, ४४ कम्पनीको कारोबार



काठमाडौं । सोमबार प्रि-ओपनिङ सेसनमा नेप्से परिसूचक ५.२६ अंकले घटेर २६१३.१७ अंकमा सीमित भएको छ ।

प्रि- ओपनमा ४४ वटा कम्पनीको कारोबार भएकोमा १७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आइपीओ सूचिकृत भएपछि दोस्रो बजारमा लगातार सकारात्मक सर्किट लागेर आइतबार ओरालो लागेको महिला लघुवित्तको सेयर मूल्य पनि प्रि-ओपनमा २.८१ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु