हिमालयन डिष्टिलरीको खुद नाफा ५४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?



काठमाडौं । हिमालयन डिस्टिलरीको नाफा करिब ५४ प्रतिशतले वृद्धि भएको छ । गत आवको चैत महिनासम्मको अवधिमा चालु आवको सोही अवधिमा कम्पनीको नाफा ५३.९ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले गत आवको चैत मसान्तसम्ममा ४३ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा ६७ करोड २७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीले प्रकाशित गरेको चालु आवको चैत महिनासम्मको प्रगति विवरण अनुसार गत वर्षको चैत्र मसान्तसम्ममा कुल बिक्री रकम रु.३ अर्ब ५७ करोड भएकोमा यस वर्षको त्यसै अवधि सम्ममा रु ३ अर्ब ८९ करोड भएको छ । यो गत आवको समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा ९ प्रतिशत बिक्री रकम बढी हो ।

त्यसैगरी गत आवसम्मको मुनाफाबाट ५० प्रतिशत बोनस सेयर वितरण गरी पूँजी वृद्धि गरिए पनि गत वर्षको यसै अवधिको वित्तीय अनुपातसँग तुलना गर्दा यस वर्ष प्रति सेयर आम्दानी १००.७६ रुपैयाँबाट बढेर १०३.३८ रुपैयाँ र तरलता अनुपात १.९६ बाट बढेर २.७४ पुगेको छ र

गत वर्ष प्राप्त कारोवार भन्दा यस वर्षको चैत्र मसान्त सम्मको कारोवार वृद्धिको मूख्य आधार भनेको नै कम्पनीका उत्पादनहरुको गुणस्तर, उत्पाकत्व वृद्धि, थप वजारीकरण, उत्पादित व्राण्डको प्रतिष्ठा प्रति उपभोक्ताको पूर्ण विश्वास र व्यवस्थापन खर्चको उचित परिचालन र व्यवस्थापनको उच्च लगनशिलता नै भएको कम्पनीको दावी छ ।


क्लिकमान्डु