नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने, स्वाप रेसियो ३५ प्रतिशत



काठमाडौं नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने भएको यसका लागि शुक्रबार सम्झौता गरेको

बैंकले ३५ प्रतिशत स्वाप रेसियोमा फाइनान्सलाई प्राप्ति गर्न लागेको हो

नबिल बैंकमा प्रमुख लगानी विनोद चाैधरीको छ भने युनाइटेड फाइनान्समा पनि चाैधरी ग्रुपको ३६ प्रतिशत लगानी छ ।

शुक्रबार यसका लागि नबिल बैंकका तर्फबाट उदय कृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मनिस कुमार खेमकले हस्ताक्षर गरे ।

प्राप्तिपछि नबिल बैंककै नामबाट सञ्चालन हुनेछ भने बोर्ड अफ डाइरेक्टरमा पनि बैंकका हालकै सदस्य रहनेछन् । प्राप्तिपछि बैंकको चुक्तापुँजी १३ अर्ब ८५ करोड पुग्नेछ भने बैंकका शाखा ३७ स्थानमा १४७ वटा पुग्नेछन् । साथै एटीएमको संख्या १९० पुग्नेछ । प्राप्तिपछि बैंकको निक्षेप संलकन २ खर्ब १६ अब पुग्नेछ ।


क्लिकमान्डु