विमानस्थलमा साझा यातायातका बस परिचालन गरिने, यात्रुलाई टिकटका आधारमा आउन जान दिने निर्णय
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भए पनि हवाई उडान भने सञ्चालन हुने भएका छन् ।
मंगलबार वायूसेवा सञ्चालक र नागरिक उड्डयन प्राधिकरणबीच भएको बैठकले ३ बुँदे सहमति गरेको छ ।
जसअनुसार वायुसेवा सञ्चालक तथा विमानस्थलमा कार्यरत निजी क्षेत्रका संघ सस्था तथा कर्मचारी तथा सवारी साधनलाई आवश्यकता र औचित्यका आधारमा प्राधिकरणले अनुमति दिने निर्णय गरिएको छ ।
त्यसैगरी हवाई यात्रुको हकमा हवाई टिकट र परिचय पत्रका आधारमा विमानस्थल आउन र जान सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् सहजिकरण गर्ने समेत सहमति भएको छ ।
त्यसैगरी त्रिभुवन विमानस्थलमा हवाई यात्रुको आगमनलाई सघाउ पुर्याउन साझा यातायातका बसलाई परिचालन गर्ने समेत सहमति भएको छ ।