प्रचण्डको पुनरावेदन निवेदन सर्वोच्चद्वारा खारेज
काठमाडौं । पार्टी एकीकरण छुट्याउने सर्वोच्चको यसअघिको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालत पुगेका पुष्पकमल दाहाल प्रचण्डको पुरनावलोकन खारेज भएको छ ।
प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी छुट्याएर एकीकरण अघिको अवस्थामा पुर्याइदिने माग गर्दै सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पुनरावलोकनका लागि निवेदन दिएका थिए ।
उक्त पुरनावलोकन निवेदनमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चालेन्द्र शमशेर र न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको इजलासले पुनरावेदन निवेदनमा अनुमति नहुने फैसला गरेको हो ।