बुध्द एयरको भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान



काठमाडाैं । हवाई यात्रालाई थप सहज र सजिलोका लागि बुध्द एयरले भैरहवा तथा नेपालगञ्जमा थप १ उडान विस्तार गर्न लागेको छ ।

यससँगै भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान हुने कम्पनीले जानकारी दिएको छ । यसैगरि केही साताभित्रै धनगढीमा पनि थप १ उडान भर्ने कम्पनीले जनाएको छ ।

बुध्द एयरले केही समय अगाडि मात्रै एटीआर-७२ जहाज थप गरेको थियो । यसैगरि आउँदो मे महिनामा अर्को एटीआर-७२ जहाज पनि थप्ने बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले बताएका छन् ।

जहाज थपिएसँगै ९ वटा एटीआर-७२, तीनवटा एटीआर-४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज बुध्द एयरसँग रहेको छ ।

बुध्द एयरले अहिले भद्रपुर,  तुम्लिङटार,  विराटनगर,  राजविराज,  जनकपुर,  सिमरा,  भरतपुर,  पोखरा,  भैरहवा,  नेपालगञ्ज,  सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउण्टेन फ्लाईट पनि गरिरहेको छ ।


क्लिकमान्डु