हिमाल आरोहणका लागि ८६ जनाले पाए अनुमति, सवा ४ करोड राजस्व संकलन



काठमाडौं । कोरोना महामारी पछि खुलेको हिमाल आरोहणको यो सिजनमा ११ समूहका ८६ जनाले आरोहणको अनुमति लिएका छन् । नेपाल पर्यटन विभागका अनुसार मार्च ३० तारिखसम्म ११ वटा समूहले विभिन्न हिमाल आरोहणका लानि अनुमति लिएका छन् ।

हिमाल आरोहणका लागि अनुमति लिने ८६ जनामध्ये ६४ जना पुरुष र २२ जना महिला छन् ।

विभागले हालसम्म नुप्से, मनास्लु, अन्नपूर्ण, सगरमाथा, लोत्से, टुकुचे हिमाल आरोहणका लागि अनुमति दिएको छ । जसमध्ये सबैभन्दा बढी अन्नपूर्णका लागि ४४ जनाले आरोहणको अनुमति लिएका छन् । त्यसैगरी सगरमाथा आरोहणका लागि ३१ जनाले अनुमति लिएका छन् ।

विभागले हिमाल आरोहणबाट हालसम्म ४ करोड ९२ लाख ९९ हजार ५६४ रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु