फागुनसम्म २० हजार बढीले लिए पर्यटक भिसा, अध्यागमन विभागले उठायो ४२ करोड राजस्व



काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनासम्म अध्यागमन विभागले विभिन्न प्रकारका ४२ हजार ३५२ कित्ता भिसा जारी गरी ४२ करोढ २६ लाख २९ हजार ४५० रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागले फागुन महिनामा मात्रै ९ हजार ६६ वटा भिसा जारी गरी ४ करोड २१ लाख ४६ हजार १८३ रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागले विभिन्न १३ प्रकारका भिसा जारी गरी उक्त राजस्व संकलन गरेको हो । विभागले हालसम्म सबैभन्दना धेरै पर्यटक प्रवेश भिसा जारी गरेको छ । विभागले फागुन महिनासम्ममा २० हजार १५३ वटा यस्ता भिसा जारी गरेको छ ।

त्यसैगरी पर्यटक थप भिसा १२ हजार २९७, नाता भिसा २ हजार ९९२, कामदार भिसा १ हजार ९१२, वैवाहिक भिसा ८८५ वटा भिसा जारी गरेको छ ।

यसबीचमा फागुन महिनामा ५ जना र फागुम महिनासम्ममा गरी १३६ जना विदेशीलाई निष्कासन गरिएको छ ।


क्लिकमान्डु