विदेशी सामान आयात गर्दा डलर सटहीको सुविधा दोब्बरले बढ्यो



काठमाडौं । विदेशी मुद्रामा सामान आयात गर्ने नेपाल राष्ट्र बैंकले सीमा बढाएको छ ।

यसअघि एक पटकमा विदेशी मुद्रामा अधिकतम ५० हजार अमेरिकी डलरसम्म मालसामान आयात गर्ने सकिने व्यवस्था थियो । एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै केन्द्रीय बैंकले सो सीमालाई बढाएर १ लाख रुपैयाँ पुर्याएको हो ।

आयातमा सहजिहरण गर्ने सीमा बढाइएको राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलले बताए ।

यसैगरी, खाद्य तथा पेय पदार्थ आयात गर्नेे प्रतीतपत्र खोल्दा नेपाल सरकारको सम्बन्धीत निकायबाट पूर्व स्वीकृति लिनु पर्नेछ । साथै, आयात सम्बन्धी कागजातमा उल्लिखित आयातकर्ता, निर्यातकर्ता, परिमाण र मूल्य सम्बन्धी विवरण त्यस्तो अनुमतिपत्रमा उल्लेख भएको विवरणमा मेल खाएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।


पुष्प दुलाल