४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट नेपालकै पहिलो र एकमात्र ब्राण्ड
काठमाडौं । शिवम् सिमेन्ट ४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्राण्ड बन्न सफल भएको छ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको हो ।
हालै गुणस्तर तथा नापतौल विभागले एनएस- ५७२ प्रमाणिकरण गरी शिवमलाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको हो । सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालीटी अवार्ड-२०१९ प्रथमबाट पुरस्कृत शिवम् सिमेन्ट यो सँगै ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एक मात्र ब्राण्ड बन्न सफल भएको हो ।
अब हालसम्म उत्पादित सिमेन्ट मध्ये शिवम् मात्रै यस्तो ब्राण्ड हो जुन एनएस- ५७२ प्रमाणिकरण भई ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्री वितरण गर्न योग्य छ ।
यो भन्दा पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस– ४९ प्रामाणिकरण गर्दै आईरहेको थियो । जसअन्तर्गत उत्पादित सिमेन्टहरु कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलव्ध थिए ।
नेपालमा एनएस-४९ को मापदण्डअनुरुप उत्पादन तथा बिक्री वितरणको मान्यता दिदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले को अवधारणा सहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो ।
अब कुनै पनि सिमेन्ट कम्पनीले ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्न ल्क्(छठद्द प्रमाणिकरण गर्नु अनिवार्य छ । जसका लागि नेपाल गुणस्तर तथा नापतैल विभागले विभिन्न तह-तहमा चुनढुङ्गा, कच्चापदार्थहरु, उत्पादन प्रक्रिया, उत्पादित ल्किङ्कर र सिमेन्टको लामो समयसम्म परिक्षण गरी एनएस- ५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याव परिक्षण समेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणिकरण गर्ने प्रक्रिया रहेको छ ।
‘गुणस्तरको पहिचान हो शिवम्’ ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ भन्ने मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट सन् २००९ देखि सञ्चालनमा छ ।